१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर



सुर्खेत । गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् ।

बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो ।

हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्यो । होम आइसोलेसनमा बस्ने गरेर हिरासतमुक्त भएका उनी ठाउँ गएर भोजभतेर गर्न थाले । पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले ।

‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार बस्नेतले भने ।

होम आइसोलेसनमा पठाएको बलात्कार आरोप गाउँ पुगेर भोजभतेर गरेको, प्रहरीलाई घुस दिएर आफू छुटेको बताउने गरेको, पीडितको घरमा पुगेर धम्क्याउने गरेको जस्ता गुनासो प्रहरीकोमा नपुगेको होइन । प्रहरीले अहिलेसम्म गुनासाहरु नसुनेझैँ गरिररहेको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ३० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको