२३ भदौ २०८३, मंगलबार | September 8, 2026

दाङमा सशस्त्र प्रहरी जवान मृत फेला



दाङ । दाङमा एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरी जवान रमेश लामा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नुवाकोट निवासी अन्दाजी २९ वर्षिय तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आउने क्रममा रहेको बुझिएको छ । उनी कार्यक्षेत्रमा पुग्नु अगाडी लमही स्थित एभरेस्ट प्लाजा होटलमा बास बसेको र विहान ८ः ३० बजे होटल संचालकलाई एकछिन बाहिर जान्छु भनी होटलबाट बाहिर निस्किए पछि नफर्केको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ४७ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं