१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

विवादकै बीच कांग्रेसले निर्वाचन प्रक्रियामा सक्रिय हुन जारी ग-यो जिल्ला सभापतिहरुलाई सर्कुलर



काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम र निर्वाचनको तयारीलाई सँगसँगै लैजाने भएको छ ।

कांग्रेसले दशैभर प्रत्यक वडामा आन्दोलनको कार्यक्रम जारी राख्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा समेत सहभागिता जनाउन सर्कुलर जारी गरेको छ।

कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो।

प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेसमा फकर फकर मत देखिएकै बेला केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेले सर्कुलर जारी गर्दै मतदाता नामावली संकलन कार्यमा सरिक हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनामा जोड दिएका छन् भने सभापति देउवा नयाँ निर्वाचनको पक्षमा देखिएका छन्।

कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ भने बिहीबार ९भोलि० देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जारी गरिएको सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ। जिल्ला सभापतिका नाममा सर्कुर जारी गरेर कांग्रेसले यस्तो आग्रह गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिईन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ५३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम