१ भदौ २०८३, सोमबार | August 17, 2026

विवादकै बीच कांग्रेसले निर्वाचन प्रक्रियामा सक्रिय हुन जारी ग-यो जिल्ला सभापतिहरुलाई सर्कुलर



काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम र निर्वाचनको तयारीलाई सँगसँगै लैजाने भएको छ ।

कांग्रेसले दशैभर प्रत्यक वडामा आन्दोलनको कार्यक्रम जारी राख्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा समेत सहभागिता जनाउन सर्कुलर जारी गरेको छ।

कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो।

प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेसमा फकर फकर मत देखिएकै बेला केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेले सर्कुलर जारी गर्दै मतदाता नामावली संकलन कार्यमा सरिक हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनामा जोड दिएका छन् भने सभापति देउवा नयाँ निर्वाचनको पक्षमा देखिएका छन्।

कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ भने बिहीबार ९भोलि० देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जारी गरिएको सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ। जिल्ला सभापतिका नाममा सर्कुर जारी गरेर कांग्रेसले यस्तो आग्रह गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिईन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ५३ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार