५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सलमानको ‘राधे’ इदमा रिलिज हुँदै, जोनको ‘सत्यमेव जयते’ सँग भिड्दै



मुम्बई । गत वर्ष ठप्प रहेको चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ । योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनअपमा छन् ।

यस्तै, सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ । राधेको रिलिजको घोषणा भएसँगै यो चलचित्र अर्को ठूलो चलचित्रसँग भिड्ने पक्का भएको छ ।

सलमानको राधे अभिनेता जोन अब्राहमको सुपरहिट चलचित्र ‘सत्यमेव जयते’को सिक्वेल ‘सत्यमेव जयते २’सँग क्लैस हुने पक्का भएको छ ।

सलमानले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, “माफ गर्नुहोस्, थिएटर मालिकहरुलाई जवाफ दिन धेरै समय लाग्यो । आजको समयमा यो निकै ठूलो निर्णय हो । म थिएटर मालिकहरुले झेलिरहेको आर्थिक समस्यासँग जानकार छु । त्यसैले म राधेलाई सिनेमाघरमा रिलिज गरेर उहाँहरुलाई सहयोग गर्न चाहन्छु ।”

थिएटर मालिकहरुलाई सहयोग गरेको बदलामा उनले दर्शकको सुरक्षा मागेका छन् । उनी लेख्छन्, “बदलामा म उनलाई ‘राधे’ हेर्न आउने दर्शकका लागि थिएटरमा अत्यधिक सावधानी अपनाउने छन् भन्ने आशा गरेको छु ।”

यस चलचित्रमा सलमानका साथै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा र जरीना वहाबलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् ।

यस्तै, अभिनेता जोन अब्राहमको ‘सत्यमेव जयते २’ गत वर्ष रिलिज गर्ने घोषणा गरिएकोमा कोरोना महामारीले यसलाई एकवर्ष पछाडि धकेलिएको हो । नवभारत टाइम्सबाट

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ८ : ०४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं