१० चैत्र २०८२, मंगलबार | March 24, 2026

माइतीघर मण्डलामा नागरिक अगुवा गर्जिए, – प्रतिनिधिसभा मार्न पाईंदैन, निरंकुश सरकार चाहिँदैन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन–२०७७ र चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा धर्नासहितको प्रदर्शन रेको छ ।

नागरिक अगुवाहरु सम्मितिल धर्नामा प्रतिनिधिसभा विघटनमार्फत देशलाई प्रतिगमनमा लगिएको भन्दै विरोध गरिएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा लगेको आरोप लगाएका छन् ।

मध्यान्न १२ बजेदेखि १ बजेसम्म आयोजित धर्ना तथा प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिसभा मार्न पाईंदैन, निरंकुश सरकार चाहिँदैन; संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति सिफारिस खारेज गर; न्यायिक सुशासन कायाम गर, संविधानवादको रक्षा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

धर्ना पछि आयोजित कोणसभालाई बृहत् नागरिक आन्दोलनका संयोजक युग पाठक, बागमती सफाईका अभियन्ता राम शाह, कर्ण तामाङ लगायतले सम्बोधन गरेका थिए ।

बृहत् नागरिक आन्दोलनले प्रतिगमनविरूद्ध सोमबार २ बजे कमलपोखरीबाट जलुस निकाली बालुवाटार पुग्ने जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ४४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण