१ पुस २०८२, मंगलबार | December 16, 2025

माइतीघर मण्डलामा नागरिक अगुवा गर्जिए, – प्रतिनिधिसभा मार्न पाईंदैन, निरंकुश सरकार चाहिँदैन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन–२०७७ र चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा धर्नासहितको प्रदर्शन रेको छ ।

नागरिक अगुवाहरु सम्मितिल धर्नामा प्रतिनिधिसभा विघटनमार्फत देशलाई प्रतिगमनमा लगिएको भन्दै विरोध गरिएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा लगेको आरोप लगाएका छन् ।

मध्यान्न १२ बजेदेखि १ बजेसम्म आयोजित धर्ना तथा प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिसभा मार्न पाईंदैन, निरंकुश सरकार चाहिँदैन; संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति सिफारिस खारेज गर; न्यायिक सुशासन कायाम गर, संविधानवादको रक्षा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

धर्ना पछि आयोजित कोणसभालाई बृहत् नागरिक आन्दोलनका संयोजक युग पाठक, बागमती सफाईका अभियन्ता राम शाह, कर्ण तामाङ लगायतले सम्बोधन गरेका थिए ।

बृहत् नागरिक आन्दोलनले प्रतिगमनविरूद्ध सोमबार २ बजे कमलपोखरीबाट जलुस निकाली बालुवाटार पुग्ने जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज