१५ असार २०८३, सोमबार | June 30, 2026

नेपालमा भएको परिवर्तन उल्ट्याउन सक्ने खिलराजको खोजी हुँदैछ : वर्षमान पुन



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटीका सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली वैधानिक प्रधानमन्त्री नभएको बताएका छन् । आदीवासी जनजाती महासंघको सदस्यहरुलाई बुटवलमा प्रशिक्षण दिँदै नेता पुनले संबिधानमा प्रतिनिधिसभा सदस्य बाहिरका ब्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेकाले प्रतिनिधिसभा भंग गर्दा ओली वैधानिक प्रधानमन्त्री हन नसक्ने बताएका हुन् ।

पूर्व उर्जामन्त्री समेत रहेका नेता पुनले साढे ३ महिनामा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै बैशाख पछि ओलीको बाँकी रहेको बैधता पनि सकिने जिकीर गरे । ‘जसले ओलीलाई उकासेर अस्थिरता ल्याउन खोजेको हो, उसैले बैशाखपछि प्रधानमन्त्री केपी ओलीलाई मुलढोकाबाट होईन झ्यालबाट टिपेर मिल्काउने छ, नेपालमा नयाँ खेलराज रेग्मीको खोजी गर्ने छ ।’ उनले भने, ‘जसले देशमा परिवर्तन चाहेका छैनन्, जसले लोकतन्त्र, संघीय गणतन्त्र, धर्मनिरपेक्षता चाहेका छैनन् उनीहरुले यी सबै फेर्न सक्ने नयाँ खिलराज खोज्नेछन् ।’

संसद विघटनको कदम केपी ओली एक्लैलले चालेको कदम नभएको दाबी गर्दै उनले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा ओलीले संसद विघटन गरेको बताए । एमसीसी पास गर्न नदिएपछि शक्ति केन्द्रहरुले नेपालमा अस्थिरता ल्याउन अहिलेको कदम चाल्न लगाएको पुनको भनाई छ । एमसीसी पास हुने अवस्था नदेखिएपछि बिदेशी मिडीया आएर केपीलाई जबरजस्ती राष्ट्रबादी बनाईदिने र मुलुकको स्थिरतासंग खेल्ने काम गरेको आरोप लगाउंदै पुनले नेपालमा परिवर्तन, विकास र स्थिरता नचाहने देशी बिदेशी शक्तिहरुले केपीलाई माया गरेको बताए ।

नेता पुनले ओलीको असंवैधानिक कदमका विरुद्धमा ३ सय बढी लोकतान्त्रिक र प्रगतिशिल विचारका वकिलहरुले बहस गर्दा ओलीले वकिल नपाएर राजाबादी वकिल खोजेर बहस गराएको टिप्पणी गरे । नेपालमा लोकतन्त्र, परिवर्तन, विकास चाहने सबैले ओलीको कदमका विरुद्ध रहेको दाबी गर्दै उनले लोकतन्त्रका लागि लडेका सबै बर्ग, तह र तप्का ओली कदमको बिरोधमा जाँदा ओली र ओली समर्थकले सोँच्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ०९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै