१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बुटवलमा हुने, तयारी शुरु



बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको आगामि फागुन २१ र २२ गते हुुने राष्ट्रिय सम्मेलनको तयारी शुरु भएको छ ।

केन्द्रीय समितिको बैठकको निर्णय अनुसार गठित सम्मेलन व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउनका लागि तयारी शुरु गरेको हो । आईतबार बुटवलमा बसेको बैठकले व्यवस्थापन समितिमा सदस्य विस्तार गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बुुटवलमा हुने सम्मेलनलाई पत्रकारिता र दलित आन्दोलनको ऐतिहासिक अवसरका रुपमा सफल बनाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पहाडीले प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक नगरी बुटवलमा गर्ने निर्णय भएकाले यसलाई पत्रकारिता र दलित आन्दोलनले अपनत्व हुने गरि अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले सम्मेलन सफल बनाउन प्रदेश, जिल्ला समिति, पत्रकार, स्थानीय, प्रदेश र संघीय सरकार एंव सामाजिक संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरे । सम्मेलनका अवसरमा देशभरबाट करिव २ सय प्रतिनिधिहरु बुटवलमा भेला हुने केन्द्रीय सदस्य विनोद परियारले जानकारी दिए ।

संघका रुपन्देही शाखा अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकमा संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, सचिव सञ्जय सौगात, संघका रुपन्देही उपाध्यक्ष शसि सिंह परियार, कोषाध्यक्ष कृष्ण रणपाल, प्रदेश सदस्य फूलू सुनारको उपस्थिती थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : २२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर