१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पोर्चुगलमा रहेका कोरोना प्रभावित नेपालीलाई राहत वितरण गरिने



पोर्चुगल । कोरोना संक्रमणका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ ।

कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणमा आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो ।

समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए । हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ ।

राहत समितिले कोरोना संक्रमित, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

राहत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।

उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुको पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिए ।

कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ५० बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई