१ कार्तिक २०८३, शनिबार | October 17, 2026

पाँचथरकी झरनाले गरिन् पोर्चुगलमा आत्महत्या



लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली चेलीले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका-५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

चेम्जोङले गत शनिवार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले जानकारी दिए ।

बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा रहेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।

रोजगारीका सिलसिलामा साईप्रस हुदै पन्ध्र महिना अघि पोर्चुगल आएकी चेम्जोङ मदेइरा स्थित एक होटेलमा कार्यरत थिईन् । उनी होटेलले उपलब्ध गराएको कोठामा अन्य साथीहरु सँगै बस्दै आएकी थिईन् ।

चेम्जोङले झुण्डिएर आत्महत्या गरेको भएपनि के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरा स्थित एक अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए । घटनाको विषयमा परिवारलाई जानकारी गराईसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

चेम्जोङकी ८ वर्षीया छोरी र श्रीमान नेपालमा रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ३० बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ