१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद स्चारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् ।

संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको सापकोटोले जिकिर गरे । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए । उनले भने, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’

सभामुख सापकोटाले प्रतिनिधिसभाको अधिवेसन सुचारु गर्ने कुरामा सरकारले अवरोध गनु बेठिक भएको पनि बताए । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले नै विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको उनले बताए । सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन् । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको पनि सापकोटाको भनाइ थियो ।

संसद सुचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने ‘ संसद सञ्चालन गर्ने तयारी हँुँदै गर्दा हठात संसद सञ्चालनमा अवरुद्धता आएको छ । त्यसलाई सुचारु गर्नपर्छ भन्ने आवाज बढिरहेको छ । यससम्बन्धमा म जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ०३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष