७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संसद विघटन विरुद्धको सुनुवाइ संवैधानिक इजलासमा जारी



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस नसकी सोमबार स्थगित भएको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ आज अधिवक्ता थापा कै बहसबाट प्रारम्भ भएको छ ।

मंगलबार सुरु भएको सुनुवाइको प्रारम्भमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनको सोमबार दिउँसोबाट सुरु भएको बहस नसकिंदै सोमबारको इजलास स्थगित गरिएको थियो ।

बहसको ११औँ दिनसम्म पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्। नाम टिपाएका सबैले बहस नगर्ने सर्वोच्चका एक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिसका आधारमा राट्रपति भण्डारीले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी थिईन् ।

प्रधानमन्त्रीको सिफारिसर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीले सुनुवाइ गरिरहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : २४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा