१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा माघ १५ देखि राष्ट्रिय अण्डर १८ टेबल टेनिस हुदै



बुटवल । रुपन्देहीमा तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ हुने भएको छ ।

टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा माघ १५ र १६ गते दुई दिन प्रतियोगिता हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको विभिन्न उपसमिति गठन गरि तयारी तिब्र भईरहेको अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए । देविनगर ओलिपथस्थित कोर्टमा हुने प्रतियोगितामा करीब ८० जना खेलाडी सहभागी हुने उनले बताए ।

छात्र र छात्रा गरि दुई विद्यामा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

संघका उपाध्यक्ष नर बहादुर क्षेत्रीले प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैया सहयोग हुने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेल गतिविधि आयोजनासंगै प्रचारप्रसार महत्त्वपूर्ण हुने भन्दै मिडिया क्षेत्रबाट सहयोग गर्न आग्रह गरे।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण