बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ०४ रन्यौरा क्षेत्रबाट ठुलो परिमाणमा पटाका बरामद गरेको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रुपन्देही कोटहिमाइ गाउँपालिका वडा नं ५ का स्थानीय धर्मराज यादबले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिपलाई शंका लागि रोकी चेकजाँच गर्नै क्रममा ९ बोरा बिभिन्न प्रकारका पटाका बरामद गरेको हो । प्रहरीले पटाकासहित ४ जनालाई समेत पक्राउ गरेको छ । पटाकाको अन्दाजी मूल्य ५ लाख पर्ने प्रहरीले जनाएको छ ।
पटाका सहित पक्राउ पर्नेहरुमा कोटहीमाइ गाउँपालिका वडा नं ५ का गाडी चालक २५ वर्षिय धर्म राज यादब, सोही स्थानका १८ वसर्षय शुसिल यादव तथा सम्मरीमाइ गाउँपालिका वडा नं. ७ का ३२ वर्षिय अक्लेश मौर्या र १९ वर्षिय सन्तोष कुर्मी रहेका छन् ।
उनीहरु सवार बा २१ च २२४९ नम्बरको पिकअप जिप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुका सम्बन्धमा विष्फोटक पदार्थ ऐन वमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया