४ पुस २०८२, शुक्रबार | December 19, 2025

बेनीबाट अस्थायी रुट परमिट जारी गर्न सुरू



म्याग्दी । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलबारदेखि सवारी साधनको अस्थायी रुट परमिट जारी गर्न थालेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २०७७ मङ्सिर ८ गतेको सचिवस्तरीय निर्णयअनुसार म्याग्दी र पर्वतस्थित पूर्वाधार विकास कार्यालयबाट अस्थायी (पटके) रुट परमिट जारी गर्ने निर्णय भएको थियो ।

सो निर्णयअनुसार बेनीस्थित पूर्वाधार कार्यालयले मङ्गलबारदेखि पटके रुट परमिट जारी गर्न सुरू गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रतिकिलोमिटर रु दुईका दरले पटके रुट परमिट लिनुपर्ने नियम छ ।

“मन्त्रालयले मौजुदा कर्मचारीबाटै काम गर्ने गरी पटके रुट परमिट जारी गर्ने अधिकार दिएको छ”, पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले भने, “यातायात व्यवस्था र सेवा कार्यालय नभएको जिल्लामा पूर्वाधार विकास कार्यालयलाई पटके रुट परमिट दिने जिम्मेवारी प्रदान गरिएको छ ।”

यसअघि बाहिरी जिल्लाबाट यहाँ आउने र यहाँबाट बाहिर जाने सवारी साधनका लागि अस्थायी रुट परमिट लिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या थियो । बागलुङ जान अपायक पर्ने र असुविधा हुने गरेको थियो ।

यो सुविधाबाट धवलागिरि क्षेत्रका सडकमा गुड्न अनुमति पाएका सवारी साधन पोखरालगायत जिल्लामा जाने क्रममा अस्थायी रुट परमिट लिन सहज हुने अपेक्षा गरिएको छ । नीलगिरि यातायात प्रालिका अध्यक्ष विजय थापाले बेनीमै पटके रुट परमिट पाउने सुविधाले व्यवसायीलाई सहज भएको बताए ।

“पोखरा जाने क्रममा पटके रुट परमिट लिन बागलुङ पुग्नुपर्ने अथवा जरिवाना तिर्नुपर्ने समस्या हटेको छ”, उनले भने, “कार्यालय समयभन्दा बाहिरको समयमा पनि अस्थायी रुट परमिट दिने सुविधा भए अझै प्रभावकारी हुने थियो ।”

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ०० बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका