६ माघ २०८२, मंगलबार | January 20, 2026

बाँकेको कोहलपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर स्थित एक होटलमा रेड पाण्डाको छाला सहित बसिररहेको सुचनाका आधारमा प्रहरीले रेड पाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको हो

बाँके प्रहरीका अनुसार मध्यान्ह १ बजेको समयमा बाँके कोहलपुर नगरपालीका वडा नं.१२ चप्परगौरी स्थित दैलेखि होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने बिषेश सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरोको टोली सहित इएलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले होटलको कोठा नं.११३ मा बसेका ३ जनालाई रेडपाण्डाको छाला सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालीका वडा नं.१० बस्ने बर्ष ४० दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउपालीका वडा नं.११ बस्ने बर्ष ४२ को धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका ४ बस्ने बर्ष ३३ को भरत बहादुर पुन रहेका छन् । पक्राउ परेकाहरुको झोलाबाट लोपन्मुख बन्य जन्तु रेडपाण्डाको छाला २ थान फेला परेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले बताए । पक्राउ परेका ब्यक्ति र बरामद छाला बाँके राष्ट्रिय निकुन्ज पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ३४ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र