२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाँकेको कोहलपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर स्थित एक होटलमा रेड पाण्डाको छाला सहित बसिररहेको सुचनाका आधारमा प्रहरीले रेड पाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको हो

बाँके प्रहरीका अनुसार मध्यान्ह १ बजेको समयमा बाँके कोहलपुर नगरपालीका वडा नं.१२ चप्परगौरी स्थित दैलेखि होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने बिषेश सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरोको टोली सहित इएलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले होटलको कोठा नं.११३ मा बसेका ३ जनालाई रेडपाण्डाको छाला सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालीका वडा नं.१० बस्ने बर्ष ४० दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउपालीका वडा नं.११ बस्ने बर्ष ४२ को धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका ४ बस्ने बर्ष ३३ को भरत बहादुर पुन रहेका छन् । पक्राउ परेकाहरुको झोलाबाट लोपन्मुख बन्य जन्तु रेडपाण्डाको छाला २ थान फेला परेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले बताए । पक्राउ परेका ब्यक्ति र बरामद छाला बाँके राष्ट्रिय निकुन्ज पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ३४ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू