२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रचण्ड-नेपाल भाषणमा व्यस्त, प्रहरी सुरक्षाकर्मी हेलिकोप्टरमा मस्त



बुटवल । बुटवलमा प्रचण्ड-नेपाल नेकपाले शक्तिप्रदर्शनसहितको जनसभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले चर्का चर्का भाषण गरिरहंदा उनीहरु चढेर बुटवल पुगेको हेलिकप्टर कुरुवा बसेका प्रहरीहरुले भने धोका फेरे सेल्फी खिचिरहेका थिए् ।

मौसमको प्रतिकुलताका कारण जहाज नउडेपछि हेलिकप्टरमा बुटवलका लागि उडेका अध्यक्ष द्वय चढेको हेलिकप्टर बुटवलमा बाक्लो हुस्सुका कारण बुटवल नजिकैपाल्पाको दोभानमा अवतरण गरेको थियो । हेलिकप्टर अवतरण लगत्तै नेताहरु गाडी चढेर बुटवल हिंडे, हेलि कुर्ने जिम्मा पायो दोभान प्रहरी चौकीले ।

बल्लतल्ल रोकीएकै अवस्थामा भएपनि हेलिकप्टर चढ्न पाएका प्रहरीहरुलाई फोटो सेसन् गर्ने यो भन्दा अर्को मौका कहिले पो मिल्न सक्थ्यो र ? उनीहरुले धमाधम् फोटो खिच्न थालि हाले । पाईलटहरुसंग कुरा मिलाए ईयर फोन कानमा लगाएर एकैछिन पाईलट पनि बने । पाईलट हेलिकप्टर उडाउन होईन फोटो खिच्न ।

नेताहरुले बुटवलमा प्रतिगमनका विरुद्ध चर्का भाषण गरिरहँदा प्रहरीहरुलाई फोटो खिच्न भ्याईनभ्याई थियो । सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुटवल पुगे । भाषण गरे, प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुलधार आफुहरु भएको दाबी गरे ।

प्रतिकुल मौसम र समयका चापका कारण अध्यक्षद्वय प्रचण्ड र नेपाल हेलिकोप्टर चढेर बुटवल पुगेका थिए । भाषणमा पनि धेरै पटक दुवै अध्यक्षले समयको चाप छ, आजै विराटनगर जानुछ भनेरे दोहो-याईरहेका थिए ।

हेलिकोप्टरमा चढेर फोटो खिच्न पाउँदा निकै आनन्दित बनेका थिए । आफु चढे बालबच्चालाई पनि बोलाएर हेलिकप्टर चढाए । भाषण सकेर नेताहरु फर्केपछि हेलिकप्टर आजै काठमाढौं तर्फ प्रस्थान गरेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ४ : १३ बजे

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा