७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड-नेपाल भाषणमा व्यस्त, प्रहरी सुरक्षाकर्मी हेलिकोप्टरमा मस्त



बुटवल । बुटवलमा प्रचण्ड-नेपाल नेकपाले शक्तिप्रदर्शनसहितको जनसभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले चर्का चर्का भाषण गरिरहंदा उनीहरु चढेर बुटवल पुगेको हेलिकप्टर कुरुवा बसेका प्रहरीहरुले भने धोका फेरे सेल्फी खिचिरहेका थिए् ।

मौसमको प्रतिकुलताका कारण जहाज नउडेपछि हेलिकप्टरमा बुटवलका लागि उडेका अध्यक्ष द्वय चढेको हेलिकप्टर बुटवलमा बाक्लो हुस्सुका कारण बुटवल नजिकैपाल्पाको दोभानमा अवतरण गरेको थियो । हेलिकप्टर अवतरण लगत्तै नेताहरु गाडी चढेर बुटवल हिंडे, हेलि कुर्ने जिम्मा पायो दोभान प्रहरी चौकीले ।

बल्लतल्ल रोकीएकै अवस्थामा भएपनि हेलिकप्टर चढ्न पाएका प्रहरीहरुलाई फोटो सेसन् गर्ने यो भन्दा अर्को मौका कहिले पो मिल्न सक्थ्यो र ? उनीहरुले धमाधम् फोटो खिच्न थालि हाले । पाईलटहरुसंग कुरा मिलाए ईयर फोन कानमा लगाएर एकैछिन पाईलट पनि बने । पाईलट हेलिकप्टर उडाउन होईन फोटो खिच्न ।

नेताहरुले बुटवलमा प्रतिगमनका विरुद्ध चर्का भाषण गरिरहँदा प्रहरीहरुलाई फोटो खिच्न भ्याईनभ्याई थियो । सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुटवल पुगे । भाषण गरे, प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुलधार आफुहरु भएको दाबी गरे ।

प्रतिकुल मौसम र समयका चापका कारण अध्यक्षद्वय प्रचण्ड र नेपाल हेलिकोप्टर चढेर बुटवल पुगेका थिए । भाषणमा पनि धेरै पटक दुवै अध्यक्षले समयको चाप छ, आजै विराटनगर जानुछ भनेरे दोहो-याईरहेका थिए ।

हेलिकोप्टरमा चढेर फोटो खिच्न पाउँदा निकै आनन्दित बनेका थिए । आफु चढे बालबच्चालाई पनि बोलाएर हेलिकप्टर चढाए । भाषण सकेर नेताहरु फर्केपछि हेलिकप्टर आजै काठमाढौं तर्फ प्रस्थान गरेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ४ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई