७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आगोले घेरिँदै मनाङको ताचै, स्थानीय रातभर जागै



काठमाडौं । मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’-नासोँ गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् ।तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ ।

उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने-‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौं ।’रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔं दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो।’-घलेले आफ्नो बाध्यता सुनाए ।

‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, घलेले भने-‘पूर्णिमाको दिन भएकाले गाउँमा सबै हुँदा अलि सहज भएको छ ।’ ‘कहिले जंगलको आगो निभाउन त कहिले मान्छे जलाउन आगो बाल्दैमा हाम्रो यो साल बित्यो, सुखसँग गास हालेर सास फेर्न पाइएन।’-घलेको भनाइ थियो । उक्त समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल