२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आजको मौसम : १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका केही पहाडी भू-भागहरुको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै तराईका केही भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं.१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ५३ बजे

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक