२९ मंसिर २०८२, सोमबार | December 16, 2025

ओलीको तानाशाहीलाई जनताले परास्त गरेरै छाड्छन् : प्रचण्ड



धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको तानाशाहीलाई परास्त गरेरै छाड्ने दाबी गरेका छन् ।

नेकपाको प्रचण्ड नेपाल पक्षले धनगढीमा शनिबार आयोजना गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानलाई कुल्चिएर देखाएको तानाशाहीलाई जनताले परास्त गर्ने दाबी गरेका हुन् ।

जनताको सार्वभौम अधिकार कुल्चेर तानशाही बनेका ओलीले देशमा प्रतिगमन गरेको बताउँदै प्रचण्डले प्रतिगमनको यात्रालाई जनताले सडकबाटै परास्त गर्ने चेतावनी दिए ।

ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्काउने दाबी गर्दै प्रचण्डले भने, ‘ओलीले संविधान मात्र कुल्चिएको होइन। नेपाली जनताको सार्वभौम अधिकारमाथि कुल्चिएका छन्। कुनै पनि हालतमा यसलाई सफल हुन दिइने छैन ।’

प्रचण्डले संसद विघटन नभएर केपी ओलीको सरकार विघटन भएको बताउँदै सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गर्थ्यौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन् ।’

प्रचण्डले ओली पार्टीमा एक तिहाईमा खुम्चिएको बताउँदै सडकमा समेत ओली एक तिहाईमा खुम्चिएको दाबी गरे ।

सुदुरपश्चिममा सभा गरेर घमण्ड गर्दै हिँडे पनि ओलीको घमण्डलाई आजको जनसभाले चकनाचुर बनाइदिएको उनले बताए । बुटवल, विराटनगर र धनगढीको सभाले ओलीलाई फुच्चे सावित गरेको उनले दाबी गरे ।

‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर फुर्कँदै हिँड्नु भएको थियो’, प्रचण्डले भने ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो।’

उनले नेकपा फुटेको नभै केपी ओली चोइटिएको बताए ।

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ५८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको