८ बैशाख २०८१, शनिबार | April 20, 2024

गायिका कमला अधिकारीको ‘मुना’ सार्वजनिक



बुटवल । गायिका कमला अधिकारीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मुना’ बोलको समसामयिक सामाजिक यथार्थतामा आधारित गीत जोजस क्रियशन प्रा.लि.काे युट्युवमार्फत शनिबार सार्वजनिक भएको हो । गीतमा कमला अधिकारीकै शब्द तथा लय छ ।

गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन ।

दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ३९ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर