१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सरकार विरुद्ध माइतीघरमा धर्नामा बस्दै प्रचण्ड-नेपाल



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज माइतीघरमा धर्नामा बस्दैछन् ।

सरकार विरुद्ध भैरहेको निरन्तरको देशव्यापी प्रदर्शन र सभामा उपस्थित हुँदै आएका अध्यक्षद्वय प्रचण्ड र नेपाल माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सहभागी हुन लागेका हुन् । दुवै अध्यक्ष मध्यान्न १२ बजेपछि धर्नामा सहभागी हुनेछन् ।

नेकपाको तेस्रो चरणको आन्दोलनअन्तर्गत संविधानसभाका सभासदहरु र पूर्व सांसदहरु माघ १४ गतेदेखि धर्नामा सहभागी भैरहेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपा गत पुष ५ गतेदेखि नै आन्दोलनमा रहँदै आएको छ ।

नेकपाले शनिबार धनगढीमा, शुक्रबार विराटनगरमा र बिहीबार बुटवलमा विशाल प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ । यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने नेकपाले दाबी गरेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : २७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर