२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो



नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाँउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेङ्गको सङ्क्रमण देखिएको छ ।

नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए । उनका अनुसार डेङ्ग सङ्क्रमण देखिएका बिरामीमध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

त्यसैगरी डेङ्ग सङ्क्रमणको जोखिम बढेपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ । डेङ्ग सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय तहका २३ वटा वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताए । उनका अनुसार अभियानअन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेङ्ग सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

नेपालगञ्जको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृतसमेत रहेका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले केही दिनभित्रै लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरी सम्बद्ध सरोकारवालासँग छलफल गरिएको बताए । उनका अनुसार विगतमा सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानपछि डेङ्ग सङ्क्रमण घटेको थियो । डेङ्गु सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : १७ बजे

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि