२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री ओलीले धर्मको आडमा राजनीति जोगाउन खोजेका छन् : सुरेन्द्र पाण्डे



काठमाडौं । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको आडमा राजनीति जोगाउन खोजेको बताएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीका पछिल्ला गतिविधिले उनी धर्मको आडमा आफ्नो राजनीतिक जोगाउन प्रयासरत रहेको बताएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले ओली अब कम्युनिष्ट नेता नभएको जिकिर समेत गरे ।

पाण्डेले ओलीको कदमबाट दक्षिणपन्थीहरु खुशी भएको पनि बताए । राजावादी र दक्षिणपन्थीहरुले समेत ओलीलाई राजनेता मान्न थालेको बताउँदै उनले भने, ‘पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन् भन्न थालेका छन् ।’

नेता पाण्डले ओलीले समाजवादको यात्रामा घात गरेको आरोप समेत लगाए । नागरिकले अब त समाजवाद आउला, अब त सुख होला भनेर सोचेका थिए तर ओलीले त्यसलाई घात गरे,’ पाण्डेले भने ।

धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी भएका थिए । माघ १४ गतेदेखि २१ गतेसम्म शनिबारबाहेक हरेक दिन २ घण्टा धर्ना धर्ना बस्ने भनिएपनि सो धर्ना आजैबाट सकिएको घोषणा गरिएको छ ।

सोमबारदेखि बागमती प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएका कारण धर्नालाई आजै टुंग्याइएको नेता पम्फा भुसालले जानकारी दिइन ।

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ०२ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ