२ भदौ २०८३, मंगलबार | August 18, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट सरकार पक्षको बहस सुरु, ८८ जना कानुन व्यवसायीले भरे वकालतनामा



काठमाडौं । संसद विघटन विरुद्ध परेको रिटका पक्षमा ३ सय बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाए पनि ७० जना कानुन व्यवसायीले बहस गरेपछि सकिएको संसद विघटन प्रकरण अन्तर्गत आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार पक्षबाट बहस शुरु हुँदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदकहरु तर्फको बहस हिजो सकिए पछि आजबाट सरकार पक्षका अधिवक्ताहरुले बहस गर्न लागेका हुन ।

सरकार पक्षका अधिवक्ताहरुको बहस सकिएपछि रिट निवेदकबाट बहसको प्रतिबाद सुनेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले आफ्नो फैसला सुनाउने छ ।

सरकार पक्षबाट महान्यायाधिवक्ता अग्नी खरेल सहित झण्डै १ सय कानुन व्यवसायीहरुले सरकार पक्षबाट गरिने बहसका लागि नाम टिपाएका छन् । सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानून व्यवसायीले वकालतनामा भरेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस चलिरहेको छ। सरकारी पक्षका कानून व्यवसायी सुशील पन्तले सरकारी वकिल ११ जना रहेको र बाँकी अन्य कानून व्यवसायी रहेको जानकारी दिए ।

यसअघि गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिटहरु परेका थिए ।

ती सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

संवैधानिक इजलास हरेक साताको २ दिनमात्रै बस्ने प्रचलन भएपनि यो मुद्दामाथि बहसका लागि दैनिक इजलास बस्दै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : १७ बजे

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा मुख्य न्यायाधीशसहित छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो)

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको