११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रचण्ड-नेपाल नेकपाको आरोप : बागमती प्रदेशसभाका सभामुख अल्पमत सरकाको लाचार छायाँ



हेटौंडा । प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सभाका सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोप लगाएको छ ।

नेकपाले सोमबार बिहान विज्ञप्ती प्रकाशित गर्दै प्रदेश सभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउँदै सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको टिप्पणी गरेको हो ।

नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अविश्वास प्रस्तावसँगै नयाँ मुख्यमन्त्रीका रुपमा पेश गरिएकी अष्टलक्ष्मी शाक्यले जारी गरेको विज्ञप्ति जारी गर्दै सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य, मान्यता र मर्यादाको पक्षमा उभिन सबैलाई आग्रह गरेकी छिन् ।

आज सोमबार तय भएको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति सवा ९ बजे फागुन ५ गतेसम्म स्थगित भएको सूचना जारी गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।

तर, सभामुखले हठात आइतबार राति बैठक स्थगित गरेपछि सो कदमप्रति शाक्यले आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्, ‘यसबाट संसदीय मूल्य, मान्यता संवैधानिक व्यवस्था र प्रदेश सभाको नियमावली समेतको घोर उल्लंघन गर्दै प्रदेश सभाका मानीय सभामुख अल्पमतको सरकारको लाचार छायाँ बन्न पुगेको प्रष्ट देखिन्छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल या जानकारी नगरी कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी र कुनै विशेष कारण समेत नखुलाई गरिएको यो स्थगित तुरुन्त सच्चाइ तत्काल प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखि प्रदेश सभाको बैठक अविलम्ब सुचारु गर्न हाम्रो दल माननीय सभामुख समक्ष जोडदार माग गर्दछ ।’

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : १९ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले