५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बागमती प्रदेशसभा बैठक बस्दै



बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।

हिजो बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेशसभा सदस्यहरुले आज बोल्ने कार्यसूची छ ।

बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो । शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ३३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही