१८ श्रावण २०८३, सोमबार | August 3, 2026

म्यानमारमा भएको सैन्य ‘कु’ को नेपाली कांग्रेसद्वारा निन्दा



काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ को निन्दा गरेको छ । गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा एक्यवद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिदै नेपाली कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका छन् । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा एक्येबद्धताका साथ प्रश्न उठाउनुपर्ने शर्माको भनाइ छ । नेपाली कांग्रेसले म्यानमारको उक्त घटना प्रति बिरोध प्रकट गरेको प्रवक्ता शर्माले बताए ।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भएपनि चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो । प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताए । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको शर्माले स्पष्ट पारे । कांग्रेसले सबैखाले प्रतिगमनको बिरोध गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : ०३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल