२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बाँके प्रहरीको ठूलो सफलता, राष्ट्रिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्नहरु प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेमा हत्या गरिएका राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक (प्रहरी)को हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको हत्यामा संलग्नहरुलाई बाँके प्रहरीले आज सार्वजानिक गरेको छ ।

मृतक थापाको हत्याको मुख्य कारण सामान्य रहेको र गाँजाको नशा प्रयोग गर्ने लागु औषध सेवनकर्ताहरुबाट थापाको हत्याभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाईकलको हेलमेटका बिषयमा विवाद हुंदा प्रविणको ज्यान गएको प्रहरीले बताएको छ । ७ जनाको संलग्नतामा प्रविणलाई चिर्पट दाउराले प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विरण अनुसार नेपालगंज उप-महानगरपालिका-१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको भन्ने सुनेपछि प्रविण स्थानीय युवा कर्की भन्ने दिनेश कुमार कर्मीलाई लिएर सुचना संकलनका लागि घटनास्थल पुगेका थिए । घटनास्थलमा गाँजा खाँदै बसेका ३ जना नाबालक सहित ६ जना मध्य १ जनाले प्रविणसँग गएका दिनेश कुर्मीको हेलमेट जबर्जस्ती लैजाने क्रममा विवाद भएकोमा गाँजा खाईरहेका ६ जनाले चिर्पट दाउराले एक्कासी प्रविण थापाको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात मृतक प्रविणको मोबाईल, पर्स तथा हेलमेट समेत लिएर ती युवाहरु भागेका थिए । प्रविणसंग संगै गएका दिनेशले समेत प्रविणलाई बचाउन वा प्रतिकार गर्न भन्दा भागेको र प्रविणको हत्याको खबर समेत लुकाएर राखेको प्रहरीको भनाई छ ।

प्रहरीको तालिम प्राप्त कुकुरको माध्यमबाट दिनेश कुर्मीले लगाएको चप्पलबाट अनुसन्धान थालेको र अनुसन्धानले हत्यामा संलग्न सबैको पत्ता लागेको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले बताए ।

प्रहरीले हत्यामा संलग्न अभियुक्तहरु मध्येको सुवास थापालाई माघ १३ गते नेपालगन्ज २ घरवारी टोलबाट, बिबेक परियारलाई मघ १५ गते भक्तपुर चागुनारायण तथालीबाट, सुमित बि.क. र सुशान्त भन्डारीलाई माघ १५ गते नेपालगन्ज बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो पनि पढ्नुहोस :  बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या, अर्का एकजना युवाको पनि शव फेला

 

प्रहरीका अनुसार तेज मगर र निश्चल गुरूङलाई भने धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको स्थानबाट माघ १७ गते प्रहरीले पक्राउ गरेको थियो ।

मुख्य झगडाको कारक हेलमेट लैजाने विवेक परियारले प्रमाण नष्ट गर्न हेलमेट आगोमा जलाएको समेत प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेकाहरुबाट मृतक प्रविणको मोवाईल ३ थान, घटनामा प्रयोग भएको चिरपट ४ थान र जलेको अवस्थाको हेलमेटको टुक्रा १ थान पनि बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदोका स्थायी बासिन्दा २७ वर्षिय प्रविनको माघ २ गते मध्यान्ह मृत अवस्थामा शव भेटिएको थियो । नेकपाका स्थानीय नेता डम्बर थापाका एकमात्र छोरा प्रविणको नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको थियो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा एक जना प्रहरी निरीक्षकको नेतृत्वमा दुई वटा फरक अनुसन्धान टोली बनाई घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : १५ बजे

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात