१ पुस २०८२, मंगलबार | December 16, 2025

संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीलाई काम गर्नबाट रोक लगाउन सर्वोच्चमा रिट दायर



काठमाडौं । संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीहरुलाई काम गर्नबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् । बुधबार बिहान मात्रै पद तथा गोपनीयताको सपथ लिएका प्रमुख तथा पदाधिकारीहरुले पदभार ग्रहण समेत गरिसकेकाछन् ।

त्रिपाठीले रिटमा ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु, सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु’ भन्ने आदेशको माग गरेका छन् ।

संविधानको धारा धारा २, ८३, २८४ र २९२ को बर्खिलाप हुनेगरी सरकारले अध्यादेश ल्याएको र सोही अध्यादेशको आधारमा नियुक्ति गरेको त्रिपाठीले उल्लेख गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमै दायर गरेको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गरेको थिएन ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : १४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज