८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रचण्ड-नेपाल पक्षको आन्दोलन प्रति गृह प्रशासनको कडाई गर्ने संकेत, आम हड्ताल अवज्ञा गर्नेलाई गृहले सुरक्षा दिने



काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–पक्षले आह्वान गरेको आम हड्तालप्रति कडाई गर्ने संकेत गरेको छ । प्रचण्ड-नेपाल पक्षले आम हड्तालको आह्वान गरे लगत्तै गृहमन्त्रालयले बिज्ञप्ति प्रकाशित गर्दै नागरिकको ईच्छा विपरित सेवा संचालनमा अवरोध गरिए कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

संविधानको व्यवस्था विपरित सरकारले संसदीय सुनुवाइ समेत नगरि संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराएको विरोधमा प्रचण्ड-नेपाल पक्षले बिहिबार आम हड्तालको आह्वान गरेको छ । आम हड्ताललाई लक्षीत गर्दै गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

सार्वजानिक आवागमन र ब्यवसाय संचालन गर्न चाहने नागरिकलाई सुरक्षा दिन गृह प्रशासन तयार रहेको बिज्ञप्तिमा उल्लेख छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने समेत मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा