१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

जोडी वल्र्ड टेनिस टुर–जे ५ : आरभ र अकीको जोडी फाइनलमा



काठमाडौ । नेपालका अरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकैे अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४,६–०को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेका हुन् । यता दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी सेमिफाइनलमा निराश भएको छ । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले निराश भएका हुन् ।

उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले को जोडीको सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया,अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।धानियाले भारतकै आर्यन शाहीमाथि ६–२,६–० ले हराउदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४,६–३ ले निराश भए ।

त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०,६–२ ले हराए ।

यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले सेमिफाइनमा स्थान पक्का गरेका छन् ।मार्टिले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६,६–१,७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६,६–४,६–२ को सेटमा हराइन ।त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन् ।यता देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन् ।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छन् ।प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : ३८ बजे

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि