४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने



काठमाडौं । उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई दिनलागेको कोभिड खोप अनुदानको डोज बढाएको छ ।

यसअघि नेपाललाई ३ लाख डोज खोप उपलब्ध गराउन लागेको चीनले त्यसलाई अब ५ लाख डोज पुयाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनिया समकक्षी  एवं स्टेट काउन्सिलर वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तापछि चीनले थप २ लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको हो ।

टेलिफोन कुराकानीकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले सो सहयोगको घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कुराकानीका क्रममा विदेशमन्त्री वाङले<span;> चीनले नेपाललाई प्राथमिकतामा साथ खोप उपलब्ध गराउने पनि बताएका छन्।

नेपालस्थित चिनियाँ दूतावासले केही दिनअघि मात्रै नेपाललाई ३ लाख डोज कोभिड खोप उपलब्ध गराउन लागेको जनाएको थियो । ति खोप छिटो उपलब्ध गराउनका लागि नेपालका अधिकारिहरूसँग छलफल भैरहेको दूतावासले जनाएको थियो ।

त्यसअवसरमा दुई मुलुको आपसी हितका विषयहरुमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो सहयोगका लागि मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका थिए । ज्ञवालीले चीनद्वारा कोभिड खोपलाई विश्वभर सार्वजनिक वस्तुको रूपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको