८ चैत्र २०८२, आइतबार | March 22, 2026

लोकतन्त्र, शान्ति प्रक्रिया र संविधानको रक्षामा विश्वास गर्ने पार्टीसंग सहकार्य हुन सक्छ : कांग्रेस नेता खांण



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकुलको काम गर्न थालेको आरोप लगाएका छन् । लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खांणले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेको बताएका हुन् ।

केन्द्रीय सदस्य खाणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको बताए ।

उनले नेपाली कांग्रेसले संसद विघटनविरुद्ध प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ, नगर, पालिकास्तरीय क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमहरु गरेको र आगामी फागुन ३ गते ७७ वटै जिल्लामै विरोध कार्यक्रम गरिने जानकारी दिए । सरकारले गरेको निर्णयलाई सच्याउनुपर्ने कांग्रेसको धारणा रहेको उनले भने ।

‘संसद विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्ने हामीले आशा र भरोशा गरेका छौं, न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मत रुपमै गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ, ’उनले भने ।

कांग्रेसले निर्वाचनलाई अवसर भन्दा पनि संविधानको रक्षा कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेको उनले बताए । पूर्व रक्षामन्त्री समेत रहेका खांणले संविधानले कुनै अधिनायकवाद, सर्वसत्तावाद र निरंकुशतालाई प्रश्रय दिन नसक्ने बताए । संविधानलाई रक्षा गर्ने कांग्रेसको कांधमा आएको उनले बताए । कांग्रेसको कांधमा ठूलो जवाफदेहिता र जिम्मेवारी आएको छ । उनल भने, पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लगेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्वीटमार्फत यो प्रस्ताव अलोकतान्त्रिक, असंवैधानिक कदम हो भनेर धारणा सार्वजनिक गर्नुभएकोले कांग्रेसको साझा धारणा नै यही हो ।

संसद विघटन कदमको विरोध गर्ने राजनीतिक पार्टीलाई धन्यवाद दिदैं खाणले लोकतन्त्र, शान्ति प्रक्रिया र संविधानको रक्षामा विश्वास गर्ने पार्टीसंग सहकार्य हुन सक्ने बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले असंवैधानिक कदम चाल्नेसंग कसरी सहकार्य होला ? भन्दै प्रश्न गरे ।

मुलुक सही दिशामा फर्किन्छ भन्नेमा कांग्रेस विश्वस्त रहेको उनको भनाइ छ । नेपाल जस्तो मुलुकमा तानाशाह र सर्वसत्तावाद चल्न नसक्ने उनले दावी गरे । संवैधानिक परिषद्को नियुक्तिमा कांग्रेसको उपस्थिति नभएकोले त्यो निर्णयमा पार्टीको सैद्धान्तिक असहमति रहेको खांणले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : १७ बजे

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल