२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बिना सुचना महाकालीमा भारतले पानी छोडेपछि मुस्किलले बाँचे १६ नेपाली



महेन्द्रनगर । भारतले नेपाली भूभाग मिच्दै बनाएको टनकपुर बाँधबाट पूर्वसुचना बिना खोलिदिँदा कञ्चनपुरका १६ जना नेपाली मृत्युको नजिकै पुगेर बाँचेका छन् । भारतको टनकपुर स्थित रहेको एनएचपिसिद्धारा पावर हाउस सफा गर्न भन्दै बिना सुचना टनकपुर पावर हाउसको पानी महाकाली नदीमा छोडिदिंदा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ भुजेलाघाटमा मलामी गएका कम्तीमा २० जना नेपालीहरु महाकालीको बिचभागमा रहेको टापुमा फंसेका थिए ।

महाकालीको बिचमा पुगेर दाहसंस्कार गरिरहेकै बेला एक्कासी महाकाली नदिमा पानीको बहाव बढेर टापु पुरीन थालेपछि उनीहरुले टापुबाटै हारगुहार गरेका थिए । टापुमा अलपत्र परेका १६ जनालाई प्रहरीले उद्दार गरेको छ । महाकाली बिचको टापु मा फसेको भन्ने खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट प्रहरी निरिक्ष्क ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा टोलि पठाईएको टोलि घटनास्थल पुगेको थियो । विपद व्यवस्थापन महेन्द्रनगरको १० जना सहितको टोलिले टापुमा फंसेका १६ जनालाई उद्दार गरेको थियो भने केहि स्थानीय पौडी खेलेर आफ्नो ज्यान बचाएका थिए ।

पावरहाउसबाट पूर्वसुचना बिना पानी खेलिदिँदा टापुमा फंसेकाहरु मृत्युकै मुखमा पुगेर बाँच्न सफल भएको कन्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए । समयमा प्रहरी नपुगेको भए ज्यान बचाउन नदीमा हामफालेर केहिको ज्यान पनि जान सक्ने अवस्था रहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : २८ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य