१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निर्वाचन सुरक्षाका लागि लुम्बिनी प्रदेशका ४ वटै सुरक्षा निकायको अन्तरक्रिया सम्पन्न



बुटवल । सरकारले तोकेको आगामी निर्वाचन र प्रदेशको शान्ति सुरक्षको अवस्थाको समिक्षा गर्न लुम्बिनी प्रदेशका ४ वटै सुरक्षा निकायका प्रमुखहरुको अन्तरक्रियात्कम भेला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा भएको भेलामा प्रदेशका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।

उनीहरुले समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान-प्रदान गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकालको उपस्थिती रहेको थियो । नेपाली सेनाको न.१९ र नं. २२ बाहिनीका बाहिनीपतिहरु तथा नेपाल प्रहरीका प्रदेश अन्तर्गतका अधिकारीहरु समेतको उपस्थितीमा भएको भेलामा ४ वटै निकायका बीच समन्वयात्मक भुमिकाको बारेमा छलफल तथा अन्तरक्रिया भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम