७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कस्तुरीको बिणा सहित ५ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले कस्तुरीको बिणा र जङ्गली जनावरको दाँत सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिणा र जङ्गली जनावरको दाँत सहित ५ जनालाई पक्राउ गरेको हो ।

बन्यजन्तुको अबैध रुपमा खरिद बिक्रि भई रहेको भन्ने सूचनाको आधारमा स्थानीय लौटन थारुको घर तलासी गर्दा पार्वती थापाको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिणा र जंगलि जनावरको दाँत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बर्दिया ठाकुरबाबा स्थायी घर भई नेपालगन्जमा बसोबास गर्दै आएका ५२ वर्षिय लौटन थारु, सोही ठाँउका २६ वर्षिय कमल परियार, बढैयातालका २५ वर्षिय पार्वती थापा, सोही ठाँउका ४५ वर्षिय रामशरण थारु र जाजरकोटका २७ वर्षिय धनराज थापालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ति तथा बरामद गरीएको सामग्रीलाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १० : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल