१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मुद्दा एक, मोर्चा तीन बनाएका तीन पार्टीका तीन नेता एउटै मञ्चबाट भाषण गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदमको बिरोधमा एकै स्वर भएर पनि संगै आन्दोलनमा जान नसकेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्ड, जनता समाजबादी पार्टी(जसपा) संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र कांग्रेस परिष्ठ नेता रामचन्द्र पौडेल एउटै मञ्चमा भने उभिने भएका छन् ।

मुद्दा मिलेर पनि सहकार्य गर्न नसकेका तीन नेतालाई एउटै मञ्चमा उभ्याउने चाँजोपाँजो भने डा. बाबुराम भट्टराईले मिलाएका हुन् । जनयुद्ध दिवसको अवसर पारेर भट्टराईले लेखेका ‘गुमनाम आमाहरुको कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्ड र पौडेललाई वक्ताकारुपमा आमन्त्रण गरेर भट्टराईले तीन नेताहरुलाई एउटै मञ्चको व्यवस्था मिलाएका हुन् ।

शनिबार काठमाडौमा आयोजना गर्न लागिएको पुस्तक विमोचन कार्यक्रममा वक्ताहरुको रुपमा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राईलगायतका नेताहरुले बोल्ने व्यवस्था मिलाईएको छ ।

डा. भट्टराईले माओबादी विचार छाडेर गैरकम्युनिष्ट समूहमा प्रवेश गरेपछि प्रचण्ड र डा भट्टराई एउटै मञ्चमा त्यति सजिलै उक्लिदैनन् । उता संयुक्त आन्दोलनको जति अलाप अलापेपनि कांग्रेस नेता पौडेलको आवाजलाई देउवाले नजरअन्दाज नै गरिदिएका कारण पौडेलको प्रचण्डसँग एउटै मञ्च हुने कुरै भएन । देउवा असंवैधानिक कदम सच्याउने तर्फ भन्दा कम्युनिष्टहरु विभाजित भएका बेला हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउला र सत्तामा पुगिएला भन्ने च्याँखे दाउमा तल्लीन छन् । कांग्रेस भित्र पौडेल, गगन थापा, गुरुराज घिमिरे जस्ता हिजो संयुक्त आन्दोलनको अभ्यास गरेकाहरुको आवाज देउवाको च्याँखे दाउका अगाडी फुच्चे देखिएको छ ।

बहाना जे सुकै भएपनि शनिबार एउटै मञ्चमा जुट्न गईरहेका समान मुद्दा भएर पनि अलग अलग संघर्षका बाँसुरी बजाई रहेका ती पार्टीलाई एकै ठाँउमा ल्याउने सुत्र पत्ता लगाउलान त ? नेपाली राजनीतिले प्रतिगमन विरुद्धको लडाईमा एक्लमएक्लै होईन संयुक्त आन्दोलनको आवश्यकता औंल्याईरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ५८ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा