७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘भूकम्प स्मारक स्तम्भ’ निर्माण



नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ ।
विसं २०७२ सालको गोरखा भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको स्मृतिमा रु दस लाखमा स्थापना गरिएको स्मारकको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उद्घाटन गरेका हुन ।

सो अवसरमा प्रजिअ ढकालले भूकम्पका कारण नभई कमजोर संरचनका कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको विपद् प्रतिरोधी संरचना बनाउन आग्रह गरे । स्मारक स्तम्भ निर्माणका लागि आर्थिक सहयोग गर्ने गोयन्का गु्रपका व्यबस्थापक अजय गोयन्काले आफूहरु व्यावसायका साथै सामाजिक उत्तरदायित्व निर्माणमा पनि अग्रसर रहेको बताए ।

दुई वर्षअघि शिलान्यास गरिएको उक्त स्तम्भ गोयन्का गु्रपको रु दश लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले व्यावसायीहरु समाजिक उत्तरदायित्व, मानवीय पीडाका समयमा सहयोगीको रुपमा आउनु सकारात्मक भएको बताए । उक्त भूकम्पमा नुवाकोटमा एक हजार ११२ जनाले ज्यान गुमाएका थिए भने एकहजार ५० जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११