७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘भूकम्प स्मारक स्तम्भ’ निर्माण



नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ ।
विसं २०७२ सालको गोरखा भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको स्मृतिमा रु दस लाखमा स्थापना गरिएको स्मारकको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उद्घाटन गरेका हुन ।

सो अवसरमा प्रजिअ ढकालले भूकम्पका कारण नभई कमजोर संरचनका कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको विपद् प्रतिरोधी संरचना बनाउन आग्रह गरे । स्मारक स्तम्भ निर्माणका लागि आर्थिक सहयोग गर्ने गोयन्का गु्रपका व्यबस्थापक अजय गोयन्काले आफूहरु व्यावसायका साथै सामाजिक उत्तरदायित्व निर्माणमा पनि अग्रसर रहेको बताए ।

दुई वर्षअघि शिलान्यास गरिएको उक्त स्तम्भ गोयन्का गु्रपको रु दश लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले व्यावसायीहरु समाजिक उत्तरदायित्व, मानवीय पीडाका समयमा सहयोगीको रुपमा आउनु सकारात्मक भएको बताए । उक्त भूकम्पमा नुवाकोटमा एक हजार ११२ जनाले ज्यान गुमाएका थिए भने एकहजार ५० जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ०५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने