१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : अनग्रह र करणको जोडी पहिलो



काठमाडौं । भारतका अनग्रह गांगुली र करण सिंह आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् ।

उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ ९१०–७० ले पराजित गरे । महिला डबल्समा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडीले भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीलाई ७–५ र ६–० को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहियाले स्पेनका तोमसलाई ६–३ र ६–० तथा भारतका निशान्त दबसले भारतका युभान नन्दलाललाई ६–२ र ६–२ को सीधा सेटमा पाखा लगाए । महिला सिंगल्समा बेल्जियमकी रोमाने अमेरिकाकी साइना देशपाण्डेलाई ६–४ र ७–६ तथा बेल्जियमकी मार्ते लाम्ब्रेजले भारतकी रुमा गाइकाइवारीलाई ६–२ र ६–२ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : २७ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले