२४ असार २०८३, बुधबार | July 8, 2026

दश पर्यटकीयस्थलमा करोडौँको साझेदारी लगानी



झापा । सङ्घीय सरकारले झापाको १० वटा पालिकामा पर्यटन पूर्वाधार विकासका लागि करोडौँ लगानी हुनेगरी स्थानीय तहसँग लागत साझेदारी गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले झापामा पूर्वाधार विकासमा लगानी हुन लागेको यो बजेट अहिलेसम्मकै अधिक हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनउपज विकास साझेदारी कार्यक्रममार्फत सञ्चालन हुने १० वटा परियोजनाको छनोटसमेत गरिसकेको छ ।

जसमा भद्रपुरको साइन्स सिटीमा रु छ करोड ७३ लाख, दमकको इन्द्रेणी ताल संरक्षणमा रु एक करोड ५० लाख, कचनकबलमा नेपालककै होचो स्थानमा रहेको स्तम्भ तथा केचना झिल व्यवस्थापनमा रु पाँच करोड, शिवसताक्षीमा दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुलमा रु दुई करोड, गौरीगञ्जको कोरोवारी सिमसार क्षेत्रमा रु पाँच करोड, कमलको साधुहोलीमा रु पाँच करोड, कनकाइको बनस्पति विज्ञान पार्कमा रु छ करोड ९० लाख, अर्जुनधाराको हलुवागढ पर्या–पर्यटनमा रु चार करोड तीन लाख ५५ हजार, बाह्रदशीको साधुपर्ती सिमसारमा रु पाँच करोड र हल्दीबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्कमा रु पाँच करोड लगानी हुने भएको छ ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि रानाले प्राकृतिकरुपमा मनमोहक र जैविक विविधताले भरिपूर्ण हलुवागढमा १५ मिटर लामो कृत्रिम सुरुङ बनाएर पर्यटक आकर्षित गरिने बताए । भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले तारामण्डललगायत अहिलेसम्मका अन्वेषण भएका वैज्ञानिक रहस्य हेर्न र बुझ्न सकिने गरी जुत्ता आकारको साइन्स सिटी भवन बनाउन लागिएको जानकारी दिए ।

सरकारको यो परियोजनामा नेपालको सबैभन्दा होचो स्थान कचनकबल पनि समेटिएको छ । यहाँ आकर्षक स्तम्भ निर्माण र नजिकको केचना झिलको व्यवस्थापन गरिने भएको छ । परियोजना अधिकांश सिमसारको संरक्षण र त्यसमा आधारित पर्यटन प्रवद्र्धनमा केन्द्रित देखिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ३३ बजे

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन