२४ आश्विन २०८३, शनिबार | October 10, 2026

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : अमन र मार्ते च्याम्पियन



काठमाडाै‌ । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि शनिबार जितेका छन् । फाइनलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई हराए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे ।

महिला सिंगल्सको उपाधि भिडन्तमा मार्तेले रोमाने लन्ग्युभिल्लेलाई ६–३, ६–७(४) र ६–२ को सेटमा हराइन् । अमन र मार्ते सर्किट १ को सिंगल्स विजेता पनि हुन् ।

यसअघि डबल्सको पुरुषमा भारतका अनग्रह गांगुली र करण सिंह तथा महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडी विजेता बनेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा नेपालसहित भारत, क्यानाडा, स्पेन, फ्रान्स, फिन्ल्यान्ड, अमेरिका, बेल्जियम, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्र सहभागी थिए । पुरुष/महिलामा समान ३२–३२ खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले भाग लिएका थिए ।

सर्किट १ को महिला डबल्समा नेपालकी अभिलाषा विष्टले जर्मनीकी सोन्जोसंग मिलेर उपाधि जितेकी थिइन् । सोही सर्किटको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो । यो नै समग्रमा प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेको ठूलो उपलब्धी हो ।

पुरस्कार वितरण कार्यक्रममा सन् २०२० मा फिलिपिन्सको मनिलामा जनवरीमा भएको २०२० आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलोप्मेन्ट च्याम्पियनसिपको पुरुष÷महिला टिम स्पर्धामा च्याम्पियन बनेका नेपाली खेलाडीलाई ट्रफी पनि हस्तान्तरण गरिएको थियो । उक्त प्रतियोगिताका नेपाली प्रशिक्षक छेवाङ लामाले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको ट्रफी संघले खेलाडीलाई प्रदान गरेको हो । पुरुषमा आरभ र अकी तथा महिलामा इभा अधिकारी र शुभाङ्गीलक्ष्मी शाह पहिलो भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ३६ बजे

दिल्लीमा प्रदर्शनअघि ध्रुव राठी, अभिजित दीपकेसहित सीजेपीका नेताहरू हिरासतमा

नयाँदिल्ली । भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज