२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु




दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६ः३० बजे लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ४६ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट