२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

तिलोत्तमामा अष्टदिप मल्टिनेशनलको अत्याधुनिक सुविधासहित एकीकृत बस्ती परियोजना शुरु



बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारीमा आवास विकास परियोजना शुरु गरेको छ ।

एकीकृत बस्ति विकासबाट थोरै जग्गामा धेरै घरनिर्माण गर्ने लक्ष्यसहित ६ विगाहा क्षेत्रफलमा पहिलो परियोजना शुरु गरेको हो । सरकारको स्मार्ट आवास सेवाको अवधारणा अनुसार नगरपालिकाको सहजिकरणमा शुरु भएको प्रालिका अध्यक्ष नेत्रलाल बनले बताए ।

जहाँ गु्रप ए र बि गरि कुल १ सय २३ वटा ढाई तल्ला घरहरु निर्माण हुने छन । ग्रुप ए मा ३८ वटा, ग्रुप बि मा ८५ वटा घरहरु बन्ने छन । ग्रुप ए मा पर्ने घरको क्षेत्रफल १४ धुर र भवन २ हजार ९ सय स्क्वायर फुट र ग्रुप बि मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २ हजार २ सय स्क्वायर फुट रहने छन ।

परियोजनास्थल कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरि अत्याधुनिक कर्मशियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब र रेष्टुरेन्ट, सैलुन, ब्युटिपार्लर, ग्रिन जोन रहने छन। परियोजना स्थलभित्र मुल बाटो २६ फुट र सहायक बाटो २४ फुटको रहनेछन ।

परियोजनाका नक्शा, डिजाईनसहितको डिपिआरको काम काठमाण्डौको एक्ट्रास्पेश टेक्निकल कन्सल्टले गरेको छ । तीन वर्षमा सम्पन्न हुने लक्ष्य रहेको परियोजनाको कुल लागत २ अर्ब बढि रहेको छ ।

परियोजना निर्माणस्थलको माटो परिक्षण गरि त्यसको आधारमा नक्शा डिजाइन गरेर बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक, ढल निकास, खानेपानी ब्यवस्थापन, टेलिफोन, विद्युत जस्ता पुर्वाधार विकास गरिने संचालक विष्णु प्रसाद भुषालले बताए । प्रालिका म्यानेजर यदुराज बरालले सर्वसाधारणका लागि बुकिङ खुल्ला गरिएको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १० बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने