४ पुस २०८२, शुक्रबार | December 20, 2025

सपना रोका मगरलाई धम्काएको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ



काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

विनयजङ्गले सपना रोका मगरका नग्न तस्बिर र भिडियाे आफूसँग भएको र ती तस्बिर तथा भिडियाे सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए । सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन ।

सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको