९ बैशाख २०८३, बुधबार | April 22, 2026

राज्य संचालन गर्नेहरु एकरात सडकमा सुतुन र भोकै बसुन, अनि थाहा हुन्छ भोक र पिडाको वास्तविक कथा : सपना रोका मगर



बुटवल । बीबीसीकोे बिश्वका १ सय प्रभावशाली महिलाको स्थान प्राप्त गर्न सफल किशोरी सपना रोका मगरले नेपालका राज्य संचालकहरुले चिसो भुंई र भोको पेटको अनुभव लिन नसकेको आरोप लगाएकी छिन् ।

म्याग्दीमा जन्मेपनि बुटवलबाट संघर्षको यात्रा तय गरेकी रोका बीबीसीको छनौटमा परेपछि पहिलो पटक बुटवल पुग्ने क्रममा खबरकुरासंग कुरा गर्दै उनले राज्यसंग सहि तथ्यांक नभएको कारण बिश्व समुदायमा राज्य लज्जित हुनु परेको बताईन् । राज्यले बेवारिसे शव नभएको र नेपालमा सडकमा बेवारिसे नागरिक नभएको दाबी गरिरहंदा बेवारिसे शवकै ब्यवस्थापन गर्ने आफुलाई छनौट गरेर राज्यको भनाईलाई बीबीसीले गलत प्रमाणित गरिदिएको रोकाको भनाई छ । ‘राज्यले नेपालमा बेवारिसे शव छैन, बेवारिसे मान्छे सडकमा छैन भनेको बेला बेवारिसे शव जलाउने मान्छेलाई बीबीसीले छनौट गर्दा राज्यको लाज भयो नी त ।’ उनले भनिन् ।

कोरोना कहरका बेला रातदिन खटेका सामाजिक अभियन्ताहरुलाई समेत राज्यले चिन्न नसकेको बताउंदै रोकाले छाती फुलाएर भाषण गरेर मात्र जोखिममा काम गर्नेहरुको सम्मान नहुने स्पष्ट पारिन् । राज्यमा बसेका ब्यक्तिहरु कहिले पनि सडकमा एक रात नबिताएको र भोक के हो भन्ने थाहा नभएको आरोप लगाउंदै उनले भोक केहो र पिडा के हो भन्ने थाहा पाउन एक रात सडकमा रात बिताउन र भोकै बस्न राजनीतिक व्यक्तिहरुलाई आग्रह गरिन् । उनले भनिन्, – ‘जुन दिन राज्य संचालनमा रहेका व्यक्तिहरु खुल्ला आकाश मुनी सडकमा भोकै बस्नु हुने छ, त्यस दिन मात्र उहाँहरुले भोक र गरिबीको पिडा बुझ्नु हुने छ ।’

सामाजिक काम गर्न कुनै स्थान वा पद नचाहिने बताउंदै सपनाले जहाँ बसेपनि सामाजिक काम गर्न सक्ने बताईन् । उनले सबै भन्दा पहिला आफैलाई माया गर्ने र आफैलाई हिरो सम्झन सक्नु पर्ने उल्लेख गर्दै उनले समाजसेवी भन्दैमा समाजिक व्यतित्व बन्न नसक्ने बताईन् ।

सम्मान पाईयो भनेर मातिन्ने काम गर्न नहुने कुरामा आफु सचेत भएको रोकाले भनिन् । उनले बीबीसीले आफुलाई प्रभावशाली महिलाका रुपमा छनौट गरेपनि आफुले बेवारिसे शव ब्यवस्थापन गर्ने काम नछाडेको जानकारी दिंदै बुटवल आउने क्रममा समेत चितवनको एउटा शव ब्यवस्थापन गरेर बुटवल आईपुगेको रोकाले स्मरण गरिन् ।

म्याग्दीको मङ्गला गाँउपालिकामा जन्मेकी सपनाले २०७३ सालमा एसईई परीक्षा उतिर्ण गरेसङ्गै उनको बिकराल यात्रा सुरु भएको थियो । बैंशको आवेगमा बुटवलका एकजना केटासंग भागी बिबाह गरेकी सपनाको बुटवलबाटै संघर्षको यात्रा सुरु भएको थियो । बेनीबाट भगाएर बुटवल पु-याएपनि बुटवलमा ल्याएर अलपत्र पारेपछि बुटवलका सडकहरुमा कैयौं दिन सडकमा सुतेको सपनाले स्मरण गरिन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ९ : ४८ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको