१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा उपस्थित, अवहेलना मुद्दामा लिखित जवाफ पेश



काठमाडौं । अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत उपस्थित भएका छन् ।

ओलीले आफु विरुद्ध लागेको अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गरेका छन् । ओलीले आफ्नो लिखित जवाफ सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई लिखित बुझाएका छन्। केही बेरमात्रै अदालतमा बसेका ओलीले सर्वोच्चको नयाँ भवनको पनि निरीक्षण गर्न भ्याएका छन् ।

प्रधानमन्त्री ओली आउनुअघिदेखि नै सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। संचारकर्मी कानुन व्यवसायीहरुलाई अदालतभित्र प्रवेशमा रोक लगाइएको थियो ।

ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

पूर्वप्रधानन्यायाधीसहरुले यसअघि नै लिखित जवाफ पेश गरिसकेका छन् । पूर्वप्रधानन्यायाधीसहरुले अदालतमा आफै म्याद बुझी लिखित जवाफ पेश गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ५८ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक