३ मंसिर २०८२, बुधबार | November 19, 2025

प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा उपस्थित, अवहेलना मुद्दामा लिखित जवाफ पेश



काठमाडौं । अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत उपस्थित भएका छन् ।

ओलीले आफु विरुद्ध लागेको अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गरेका छन् । ओलीले आफ्नो लिखित जवाफ सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई लिखित बुझाएका छन्। केही बेरमात्रै अदालतमा बसेका ओलीले सर्वोच्चको नयाँ भवनको पनि निरीक्षण गर्न भ्याएका छन् ।

प्रधानमन्त्री ओली आउनुअघिदेखि नै सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। संचारकर्मी कानुन व्यवसायीहरुलाई अदालतभित्र प्रवेशमा रोक लगाइएको थियो ।

ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

पूर्वप्रधानन्यायाधीसहरुले यसअघि नै लिखित जवाफ पेश गरिसकेका छन् । पूर्वप्रधानन्यायाधीसहरुले अदालतमा आफै म्याद बुझी लिखित जवाफ पेश गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ५८ बजे

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष

पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ