१ पुस २०८२, मंगलबार | December 16, 2025

संकटकालबाट जनता डराउँदैनन : जनार्दन शर्मा ‘प्रभाकर’



बर्दिया । नेकपा प्रचण्ड नेपाल पक्षका नेता जनार्दन शर्मा प्रभाकरले संकटकालबाट नेपाली जनता नडराउने बताएका छन् ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा बर्दियाको मधुवन नगरपालिका ७ मा आयोजित वडास्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गर्दै नेकपा नेता प्रभाकरले प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले संकटकालको त्रास देखाएको आरोप लगाए । उनले विभिन्न सञ्चार माध्यमबाट देशमा संकटकाल लगाउने जस्तो भ्रामक समाचार धम्की पुर्ण तरिकाले प्रकाशन प्रशारण गरेको बताउँदै त्यस्तो धम्कीबाट नेपालीजनता नडराउने बताए । उनले भने –‘सिंगो श्री ५को सरकारसँग त जनता लडेर गणतन्त्र स्थापना गरे यि त केही नव सामन्त हुन् यीनीहरुलाई जनताले सहजै परास्त गर्छन् । ’

जनतालाई मात्र नभएर न्यायधिशलाई समेत तर्साउने गरी समाचार आएको उनले टिप्पणी गरे ।

कसैलाई पनिमनोवैज्ञानीक रुपले त्रसित नगर्नकालागि खबरदारी गर्दै पुर्व मन्त्री समेत रहेका प्रभाकरले सरकारले संकटकालको त्रास देखाएर आदालत र निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।

बर्दियाको मधुवनमा मधुवन नगरपालिका वडा नं ७ को आर्थिक सहयोगमा ताराताल युवाक्लवको आयोजनामा वडा स्तरीय फुटवल प्रतियोगिताको सुरुवात गरीएको हो । प्रतियोगितामा मधुवननगरपालिकाका ९ वटा वडाका ११ ओटा समुहहरु सहभागी हुने भएका छन् । खेलको सुरुको दिन मधुवन वडा नं ४ र मधुवन वडा नं ९ बीच प्रतियोगीता भएको थियो । जसमा वडा ४ ले वडा नं ९ लाई ० का विरुद्ध २ गोल हानेर विजयी भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज