९ चैत्र २०८२, सोमबार | March 23, 2026

संकटकालबाट जनता डराउँदैनन : जनार्दन शर्मा ‘प्रभाकर’



बर्दिया । नेकपा प्रचण्ड नेपाल पक्षका नेता जनार्दन शर्मा प्रभाकरले संकटकालबाट नेपाली जनता नडराउने बताएका छन् ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा बर्दियाको मधुवन नगरपालिका ७ मा आयोजित वडास्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गर्दै नेकपा नेता प्रभाकरले प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले संकटकालको त्रास देखाएको आरोप लगाए । उनले विभिन्न सञ्चार माध्यमबाट देशमा संकटकाल लगाउने जस्तो भ्रामक समाचार धम्की पुर्ण तरिकाले प्रकाशन प्रशारण गरेको बताउँदै त्यस्तो धम्कीबाट नेपालीजनता नडराउने बताए । उनले भने –‘सिंगो श्री ५को सरकारसँग त जनता लडेर गणतन्त्र स्थापना गरे यि त केही नव सामन्त हुन् यीनीहरुलाई जनताले सहजै परास्त गर्छन् । ’

जनतालाई मात्र नभएर न्यायधिशलाई समेत तर्साउने गरी समाचार आएको उनले टिप्पणी गरे ।

कसैलाई पनिमनोवैज्ञानीक रुपले त्रसित नगर्नकालागि खबरदारी गर्दै पुर्व मन्त्री समेत रहेका प्रभाकरले सरकारले संकटकालको त्रास देखाएर आदालत र निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।

बर्दियाको मधुवनमा मधुवन नगरपालिका वडा नं ७ को आर्थिक सहयोगमा ताराताल युवाक्लवको आयोजनामा वडा स्तरीय फुटवल प्रतियोगिताको सुरुवात गरीएको हो । प्रतियोगितामा मधुवननगरपालिकाका ९ वटा वडाका ११ ओटा समुहहरु सहभागी हुने भएका छन् । खेलको सुरुको दिन मधुवन वडा नं ४ र मधुवन वडा नं ९ बीच प्रतियोगीता भएको थियो । जसमा वडा ४ ले वडा नं ९ लाई ० का विरुद्ध २ गोल हानेर विजयी भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ५६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय