१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटीकाे आकस्मिक बैठक बस्दै



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको मध्यान्ह १ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने भएको छ ।

बिहीबार नागरिकताको सक्कल प्रमाण सहित केन्द्रीय सदस्यहरुलाई काठमाडौं बोलाएको नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजे आकस्मिक बैठक बोलाइएको हो ।

पार्टीले बोलाए बमोजिम नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि १ बजेबाट बैठक बस्न लागेको हो । यसअघि पेरिसडाँडामै बिहान साढे ९ बजेदेखि स्थायी कमिटी बैठक बसेको थियो ।  अहिले केन्द्रीय सदस्यहरुको नागरिकता संकलन भैरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा गत माघ २० गते वैधानिकताका लागि निवेदन दिएको थियो । हस्ताक्षरसहित दाबी प्रस्तुत गरेपनि आयोगले नेकपा विबादको छिनोफानो नगरि मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो पक्षले गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ४२ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि